Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

गौरादह, १० गते । कृषिमा आधुनिकीकरण नहुनु र उत्पादित बालीले उचित मूल्य नपाउनु विडम्बना रहेको किसानहरुले बताएका छन् । गौरादह नगरपालिका कृषि सेवा शाखाले आयोजना गरेको किसानहरुका समस्याहरु विषयक एक दिने गोष्ठीमा किसानहरुले महंगो लागतमा उत्पादन गरेको अन्नबालीहरु बिक्रि गर्न साहूलाई सोध्नु दुखदायी भएको बताएका छन् ।
किसानहरुले दुख गरेर धान, गहुँ, मकै, साग सब्जी उत्पादन गरेपनि बिक्रीका लागी बजार नपाउनु र साहूलाई नमस्कार गर्नुपर्ने बाध्यता रहेको बताए । साहूको मूल्यमा किसानको उत्पादीत बाली बिक्री गर्नुपर्दा किसानहरु मारमा परेको गौरादह ७ का किसान इन्द्र प्रसाद चुँडालले बताए ।

कृषि प्रधान देश भनिएपनि किसानहरुले कृषि क्षेत्रमा कुनै प्रकारको राहत नपाएकोमा दुख व्यक्त गरे । बाली लगाउने समयमा मल बिउ नपाउनु ,आकाशे भरमा खेती गर्नु, उत्पादीत वस्तुले बजार नपाउनु, भण्डारणको व्यवस्था नहुनु, उचित मूल्य नपाउनु, कृषि औजारको व्यवस्था नहुनु जस्ता कारणहरुले किसानहरुको हात तल परेको स्थानीय पुण्डरी रेग्मीले बताए ।
किसानहरुको समस्या प्रति राज्य उदासिन भएको भन्दै किसानहरुलाई राहत दिन राज्यले किसानहरुको समस्या प्रति उक्तरादायी हुनुपर्ने धारणा राखेका थिए । अधिकांश नागरिकहरु कृषि पेशामा आश्रित रहेकाले नागरिकहरुलाई सुविधा दिन हरेक क्षेत्रमा राज्यले व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।

गौरादह नगरपालिका भित्रका ३० जना किसानहरु सहभागी भएको गोष्ठीमा गौरादह नगर कृषि सेवा शाखा प्रमुख देवीे प्रसाद सिंहले सहजिकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गौरादह नगर शिक्षा संयोजक मणिन्द्र कार्कीले नगरपालिका भित्रका किसानहरुले सामूहिक खेति गर्न चाहेमा स्थामनिय सरकारले कृषि औजारको व्यवस्था गर्ने बताए ।

त्यसका लागि किसानहरुले योजना लिएरर स्थानिय सरकार समक्ष पेश गर्न आग्रह गरेका थिए । वडा नं. १ का वडा सदस्य भुपराज लुइटेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा नायब प्राविधिक सहायक संगिता राईले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments