Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १० फागुन । श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ बहिल कमलपोखरीको डिलको बगैँचामा फुलेको फूल दिनहुँ भगवानुको पूजामा प्रयोग गरिने उल्लेख छ ।
पञ्चामृतस्नान गरिने र भगवानलाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो । कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्ष पुरानो भएको अभिलेखहरुले देखाउँछन् । पोखरीको निकै स्याहार खटाइन्थ्यो । १९५३ को अभिलेखमा कमलपोखरीको डिलको बारीमा हाल्न माटो र कमलको फूलमा मलका लागि केराउ हाल्ने उल्लेख छ ।

गुठीका सचिव राजेन्द्रप्रसाद प्रधान विगतमा सोही पोखरीमा फुलेको कमलको फूल टिपेर विक्रमशीत महाविहारमा भगवानलाई चढाउने गरेको बताउँछन् । अहिले पोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गरिएको छ । यो समाचार दीपेश केसीले नागरिक पत्रिकामा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया