Online Bichar
शनिबार, जेठ ३०, २०८३ | Saturday, June 13, 2026

काठमाडौँ, १० फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । शेखरको नामै लिएर उनले विरोध गरेका थिए ।

कोइरालाले भने पार्टी सभापतिको अभिव्यक्ति उनको राजनीतिक संस्कारअनुरूपकै भएको प्रतिक्रिया दिएका छन्। ‘मेरो राजनीतिक संस्कारभित्र त्यसरी बोल्न मिल्दैन र बोल्न पनि सक्दिनँ,’ उनले भने, ‘उहाँ पार्टी सभापति हो, मेरो सम्मान छ। उहाँले कस्तो राजनीतिक संस्कार सिक्नुभएको हो, उहाँले जान्ने कुरा हो।’

पार्टी सञ्चालनका विषयमा शेखर सुरुबाटै देउवाप्रति असन्तुष्टमध्येका नेता हुन्। सरकारको नेतृत्व गर्दा र पार्टी सञ्चालन क्रममा समेत कोइरालाले देउवाको एकल र गलत कार्यशैलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए। स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीको हारपछि उनीसहितका नेता देउवाप्रति आक्रोशित थिए। अगि्रम महाधिवेशनको मागसमेत गरेका थिए।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments