Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ९ फागुन । ग्यास उद्योग संघले कमिसनको दर बढाउन माग गर्दै वृद्धिको माग गर्दै हड्तालका कार्यक्रम घोषणा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा संघले बिगत ६ वर्षदेखि कमिसनदर नबढेको भन्दै दबाबस्वरुप हड्तालका कार्यक्रम सार्वजनिक गरेको जनाएकोे छ ।

सरकारले कमिसनदरमा वृद्धि नगरे संघले फागुन १७बाट ग्यास खरिद गर्ने प्रक्रिया रोक्ने बताएको छ र फागुन २८ गतेबाट देशभरका उद्योग बन्द गरेर आपूर्ति ठप्प पार्ने कार्यक्रम सार्वजनिक गरेको छ ।हाल उद्योगीहरुले प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ तोकि‌ँदा २ सय ८१ रुपैयाँ ५ पैसा कमिसन पाउने गरेका छन् । यसमा कमिसन प्रतिसिलिन्डर ३२ रुपैयाँ दिइएको छ ।

यसअघि २०६९ सालमा ग्यास उद्योगीहरुले कमिसन बृद्धि गर्न माग गर्दै आपूर्ति राकेका थिए तर सरकारले खासै चासो नदिएपछि उद्योगीहरुले आफ्नो हठ छाड्नुपरेको थियो त्यसको एक पर्षपछि गरिएको हड्ताल दशैंको मुख परेको कारण बाध्य भएर सरकारले उद्योगीहरुको माग सम्बोधन गर्दै कमिसन वृद्धि गरेर प्रतिसिलिन्डर ३२ रुपैयाँ पुर्‍याइदिएको थियो ।त्यसयता कमिसन नबढेको भन्दै उद्योगीले कमिसनदर मात्र बिक्री मूल्यको ५ प्रतिशत हुनुपर्ने माग गर्दै आएका छन् ।

आफ्ना मागहरु पुरा गराउन ग्यास उद्योगीले उपभोक्ताको अधिकार कुल्चेर ग्यासको बिक्री बितरण ठप्प पार्ने चेतावनीप्रति आपूर्ती मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको र हड्तालमा ब्यवसायी उत्रिए कारवाही हुने जनाएको छ ।

मन्त्रालयले सकेसम्म छलफल गरेर जायज माग सम्बोधनको प्रयास गर्ने समेत जनाएको छ ।

न्यूज२४बाट

तपाईको प्रतिक्रिया