Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

विर्तामोड, ८ फागुन । सडकमा फोहोर फयाल्नेलाइ विर्तामोड नगरपालिकाले जरिवाना गर्ने भएको छ ।

सडक किनारमा घरधनी तथा व्यावसायीहरुले अधिक फोहोर फ्यालेको भेटिएपछि वाताबरण तथा विपद व्यावस्थापन समिति विर्तामोड नगरपालिकाले जरिवानाको तयारी गरेको हो ।

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको अगुवाइमा एक दर्जन संघ सस्थाको सहकार्यमा विर्तामोडमा सरसफाई अभियानका क्रममा विर्तामोडका भित्री सडकमा फोहोर मैला जतासुकै फ्यालिएको पाइएपछि जरिवाना अभियान ंसुरु गरिएको छ ।

बुधवारबाट विर्तामोडमा विर्तामोड नगरपालिका, विर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समिति, जिल्ला ट्राफिक कार्यालय विर्तामोड, इलाका प्रहरी कायर्अलय विर्तामोड, ओली फाउण्डेशन ,रिभर साइड फाउण्डेन, लगाएतका संस्थाको सहकार्यमा विर्तामोडमा सरसफाई अभियान सुरु गरिएको हो ।

बाताबरण तथा विपद व्यावस्थापन शाखाका अध्यक्ष कुल प्रसाद सगै्रालाको नेतृत्वमा जरिवानालाइ व्यवस्थित बनाउदै लैजाने र सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र लगायतको समेत सहयोग लिएर विर्तामोडलाई हराभरा बनाउने विर्तामोड ४ का वडाध्यक्ष समेत रहेको संग्रौलाले बताए ।

सरसफाई अभियान पछि विर्तामोड स्थित सुन्दर टोलमा केन्द्रका अध्यक्ष अर्जून मैनालीको सभापतिमा तथा वडा अध्यक्ष संग्रौलाको प्रमुख आथित्यतामा औपचारिक कार्यक्रम समेत आयोजना गरिएको थियो । प्रमुख अतिथि संग्रौलाले सभालाई सम्वोधन गर्दैै विर्तामोड नगरपालिकाले सडकमा फोहोर फ्याल्ने कसैलाइृ पनि नछोडने बताए ।

कार्यक्रममा खानेपानी उपभोक्ता समितिका सचिव मेघराज बास्तोला, जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक कालीदाश रेग्मी, समाज सेवी खड्ग दाहाल, प्याव्सन विर्तामोडका अध्यक्ष उत्तम खनाल, रिभर साइट फाउडेशनका उपाध्यक्ष तारा कार्की, नेपाल अर्डिटर एशोसियसन झापाका उपाध्यक्ष होमनाथ उप्रेती, ओली फाउण्डेशनका अध्यक्ष राज कुमार ओली लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको केन्द्रका महासचिव लक्ष्मी गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया