Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

मङ्गलबारे, ८ फागुन । इलाम बजारबाट तराई जोड्ने दूर्तमार्ग खुलेको छ । दूर्तमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ ।

मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै विर्तामोड पुग्न सकिन्छ । इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ, भाङटार, राकसे हुँदै बेलासे पुग्ने १० किलोमिटर नयाँ मार्ग खुलेसँगै इलाम बजारबाट झापा पुग्न सर्वसाधारणलाई सहज भएको हो । गतवर्ष निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत १४ लाख ५५ हजार र जिल्ला समन्वय समितिको दुई लाख ५० हजार रूपैयाँमा सडक निर्माण गरिएको हो ।

चालू आर्थिक वर्ष २०७५र७६ मा इलाम नगरपालिकाको १५ लाख र प्रदेश नं १ को पाँच लाख गरी २० लाख लागतमा मार्ग खुलेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष तारादेवी कटुवालले जानकारी दिए ।

इलामको गोलाखर्क भञ्ज्याङबाट नयाँ ट्र्याक खुलेपछि राकसे हुँदै माई नगरपालिका, दानाबारी र झापाको खुदुनाबारी सडक पुरानो सडकमा यातायात सञ्चालन भएमा भाडादर कम लाग्ने स्थानीय बासिन्दाको भनाइ छ ।

उक्त सडकका लागि हाल रणनीतिक सडक योजनाअन्तर्गत एक करोड बजेट विनियोजन गरेकाले सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

मेची राजमार्गबाट झापा जोड्न करीब तीन घण्टाको सडकयात्रा तय गर्नुपर्ने बाध्यता रहेकामा अब गोलाखर्क भञ्ज्याङबाट बेलासे दानाबारी सडक स्तरोन्नति भएमा एक घण्टामै झापासम्म पुग्न सकिने छ ।सेतोपाटी

तपाईको प्रतिक्रिया