Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ७ फागुन । घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकविरुद्ध अदुअआले अनुसन्धान थालेको छ ।

सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुुरु गरिएको अदुअआका प्रवक्ता रामेश्वर दंगालले अनलाइनखबरलाई जानकारी दिए ।

पठकमाथि औपचारिक अनुसन्धान सुुरु भएको जानकारी दिँदै प्रवक्ता दंगालले भने, ‘विस्तृत अनुसन्धान सुरु गरेका छौं ।’

अदुअआले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हो । महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि अदुअआले छानबिन गर्न सक्ने राय दिएको थियो ।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महाभियोग लगाउने तयारी गरेपछि पाठकले राजीनामा बुझाएका हुन ।

तपाईको प्रतिक्रिया