Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

धनुषा, ७ फागुन । सिंगो देशलाई ने हल्लाउने गरि भएको निर्माला हत्या घटना सेलाउन नपाउँदै प्रदेश २ मा त्यस्तै प्रकृतिको अर्को घटना भएपनि त्यसबारे सरकार भने मौन रहेका छन् । अर्को निर्माला काण्ड उर्फ बलात्कारपछि जिउँदै जलाइएकी उक्त घटना सार्वजनिक भएको कयौं दिन बितसक्दापनी राज्यपक्षले यसलाई गम्भिरताका साथ लिएको देखिदैन ।

यसबारे न प्रदेश सरकार गभ्भिर देखिएका छन् भने न संघीय सरकारले ने कुने चासो देखाएको छ । प्रदेश २ स्थित धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुरकी ९ वर्षीया बालिका दुतिया रसाइलीको बलात्कारपछि जिउँदै जलाएर अज्ञात समुहले हत्या गरेको हो ।

यसैबीच, हत्यारालाई कारबाहीको माग गर्दै स्थानीय महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन् । महिला सञ्जाल ढल्केवर र ओरेक नेपाल धनुषाले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवर बजारमा नाराजुलुस गर्दै ¥याली निकालेर प्रदर्शन गरेका हुन् । । ¥यालीमा मिथिला नगरपालिकाकी उपमेयर तारा लामा बस्नेतको समेत सहभागीता थियो ।

छिमेकको विवाह घरमा गत बुधबार ढिलासम्म नाच्दैं गरेकी बालिका दुतियाको शव अधा जलेको अवस्थामा बिहीबार बिहान गाउँलेले फेला पारेका थिए् । ‘दुतियालाई कसैले अपहरणपछि उखुबारीमा लगेर बलात्कार गर्यो । बालिकाले कुरा खोलिदिने डरले कुटेर हत्या गरिदियो बालिकाका काका देवराज रसाइलीले भने ‘प्रमाण नष्ट गर्न पापीहरुले उनको शव पनि जलाईदियो’।

यता, मिथिला नगरपालिकाका उपमेयर तारा लामा बस्नेतले दोषीलाई तुरुन्त पक्राउ गर्न माग गरिन् । उनले पीडित परिवारसंग भेटघाट समेत गरेकी छन् ।
यस्तै, ओरेक नेपालकी बिना कडारी र महिला सञ्जालकी प्रतिनिधि कल्पना कडारीलगायत विभिन्न संघसंस्थाका अधिकारकर्मी महिलाहरूले मृतक बालिकाको आफन्तलाई भेटेर अपराधीलाई यथाशीघ्र्र पक्राउ गरी कडा कारबाहीका लागि प्रहरी– प्रशासनसमक्ष दबाब सिजर्ना गर्ने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments