Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

धर्वेन्द्र कुमार यादव

औरही, ७ फागुन । लोहारपट्टी नगरपालिकाको नगर प्रमुख श्री शैलेन्द्र कुमार यादव ज्युको प्रमुख आतिथ्य यश झेत्रका नगर वासीहरुको विशेष उपस्थितिमा नगरपालिकाको स्वीकृत कार्यक्रम अन्तर्गत वडा न।१,२ र ३ को सिमाना झेत्रमा पर्ने अन्धा अन्धी , श्रवण गद जोडने पर्यटकीय स्थल सम्म पुग्ने विगही नदीमा झुलुङ्गे पुल निर्माण कार्यको शिलान्यास सु(सम्पन्न गर्नु भयो ।

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस फाल्गुन ६,७ र ८ गतेका दिन भव्री रुपमा मनाउने कार्यक्रम अनुसार आज ६ गते नगरका सबै बिधालयहरुको आयोजनामा बिधालय लागायत धार्मिक मठमन्दिर, मस्जिद लगायतका झेत्रमा सरसफाई गर्नुको साथै नगरस्तरिय कार्यक्रम अनुसार लोहारपट्टी नगर प्रमुख श्री शैलेन्द्र कुमार यादव ज्युको बिशेष उपस्थितिमा बिद्यार्थी , बुद्धिजीवी , समाजसेवी ,सुरक्षाकर्मीहरुको उपस्थितिमा बिधालय, मठ मन्दिर, मस्जिद लगायत सडक गल्लीहरुमा सरसफाइ गरियो ।

फाल्गुन ७ गते बिहान ८स्३० बजे नगरस्तरीय ६९ औ राष्ट्रिय दिवस समारोह भब्यरुपमा मनाउन आयोजना गरिएको समारोह कार्यक्रममा सबै नगरवासी, राजनैतिक दल , उधोगी व्यवसायी ,बुद्धिजीवी लगायत सबैमा उपस्थितिको लागि हार्दिक आव्हान गरिएको छ ।

तपाईको प्रतिक्रिया