Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

हिलिहाङ, ६ फागुन । जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमान्ले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै थुलुङकी जेठी श्रीमती सोमिला राईले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी थिइन् ।

राईको जाहेरीका आधारमा उक्त जोडीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । घटनाबारे अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

(रासस)

तपाईको प्रतिक्रिया