Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, ५ फागुन । गौरादह २ स्थित सुरज शिक्षा प्रतिष्ठानले छैठौं वार्षिकोत्सव तथा अभिभावक दिवश मनाउन आजबाट शुरु गरेको छ । सुरज शिक्षा प्रतिष्ठानले प्रजातन्त्र दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरि वार्षिक उत्सव मनाउन शुरु गरेको हो ।

सुरज शिक्षा प्रतिष्ठान त्रिभद्र सदनको आयोजनामा शुरु भएको कार्यक्रम ३ दिन सम्म सन्चालन हुने प्रतिष्ठानका संस्थापक भोजराज दाहालले जानकारी गराए । आज पहिलो दिन संस्थागत र सामूदायीक विद्यालयका विद्यार्थीहरु बिच विद्यालय स्तरीय राष्ट्रिय गानमा नृत्य प्रतियोगिता हुने, दोस्रो दिन महिलाहरु बीच राष्ट्रिय गान प्रतियोगिता र तेस्रो दिन सुरज शिक्षा प्रतिष्ठानका विद्यार्थीहरु बीच नृत्य प्रतियोगिता र समापन कार्यक्रम गरिने प्रतिष्ठानका प्रधानध्यापक अनिता न्यौपानेले जानकारी दिनुभयो ।

सुरज शिक्षा प्रतिष्ठानकी प्रधानध्यापक अनिता न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा प्रोज्वल क्याम्पस प्रमुख सुरेश बहादुर पौडेल प्रमुख अतिथि रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया