Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

राजविराज, ५ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज (आइतबार) बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका- ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका- ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १६५१ नं. को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भइ रुखमा ठोकिएको थियो ।
रासस

तपाईको प्रतिक्रिया