Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, ५ फागुन । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ ।

लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि पारेको छ ।

पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ । दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ ।

सन् २०१५ को भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौं विस्तारै पुरानै अवस्थामा फर्किन थालेको लोन्ली प्लानेटले लेखेको छ ।

यस्तै क्षतिग्रस्त स्मारक, सम्पदाहरु पुनर्स्थापित गरेर ऐतिहासिक स्थलहरु पुरानै स्वरुपमा फर्कन थालेको उल्लेख गरिएको छ ।

साथै काठमाडौंमा हटेको हर्नको समस्यालाई पनि उसले आकर्षणको रुपमा चित्रित गरेको छ । ध्वनि प्रदुषण रोकेर काठमाडौंलाई दशकौं यताकै बस्न योग्य बनाइएको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

साथै भरपर्दो बिजुली सेवा, वाईफाईको सुविधाले पनि काठमाडौंलाई घुम्न लायक बनाएको उसले भनेको छ ।

तपाईको प्रतिक्रिया