Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बुटवल, ५ फागुन । ५ नं. प्रदेश प्रहरी ब्यूरोको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ ६ बजे बुटवल बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं. ७ का ३६ वर्षीय राजु कुमार स्याङताङ, सोही नगरपालिका वडा नंं ९ का ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले मकवानपुरबाट आलुसहित बोरामा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको बताए।

दुइटा आलुको बोरामा ६० वटा लाप्सा बनाएर लुकाएर ल्याएको उक्त चरेस बुटवल बसपार्कबाट अटोरिक्सामा राखी इँट्टाभट्टातर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको मल्लले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई लागुऔषध मुद्दामा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

पछिल्लो समय बुटवलबाट ठूलो परिमाणमा चरेससहित लागुऔषध कारोबारमा संलग्नहरू पक्राउ पर्ने क्रम बढेको छ।

तपाईको प्रतिक्रिया