Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ५ फागुन । राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ,कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट हुने तथ्य सार्वजनिक भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

परीक्षाफल प्रकाशन गर्ने अति संवेदनशील काम करारका कर्मचारीबाट हुने भएपछि बोर्डको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।
बोर्डका उच्च अधिकारीका अनुसार करारका कर्मचारीबाट काम गराउनु परेपछि समस्या आउने गरेको छ । स्थायी भए पो कारबाही गर्ने ? करार कर्मचारीलाई के गर्ने, उनीहरु नभए कामै गर्न सकिदैन–बोर्डका एक अधिकारीले नेपाल समाचारपत्रसंग भने । गतवर्ष एसइई परीक्षाफल प्रकाशित गर्दा त्रुटी नै त्रुटी भएपछि बोर्डको चर्को आलोचना भएको थियो ।

हाल परीक्षा बोर्डमा मुख्य इन्जिनियर गोविन्द पाण्डे, सहायक इन्जिनियरद्धय दीपेन्द्र थापा र सुप्रिज्ञा देवकोटा करारका कर्मचारी हुन । ती कर्मचारीले परीक्षाफल प्रकाशित गर्नुअघि विद्यार्थीको तथ्याङक संकलन, डाटा इन्ट्री, प्रोसेसिङ र परीक्षाफल प्रकाशित गर्ने गरेका छन् ।

अति गोप्य काम गर्दा करारका कर्मचारीको प्रयोग भएपछि बोर्डले करिब डेढ वर्ष अघि तालुकदार निकाय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंग स्थायी कर्मचारीको माग गरेको थियो । करारका कर्मचारीले कतिपय अवस्थामा प्रश्नपत्र टाइप गर्नेसम्मको काम गर्ने गरेका छन् ।

परीक्षा सम्बन्धी सम्पूर्ण काम गर्ने कर्मचारी करारमा रहेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले बताउनुभयो । उहाले भन्नुभयो–करारका कर्मचारी भएपनि गोप्य काममा कुनै समस्या आएको छैन । कक्षा १० को परीक्षा संचालन गर्ने निकाय तत्कालिन परीक्षा नियन्त्रण कार्यालय बोर्डको मातहतमा आएपछि बोर्ड अन्तर्गत तीन वटा परीक्षा जिम्मेवारीभित्र पर्ने गरेको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया