Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ३ फागुन । समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीको संघमा सरुवा हुने बाटो बन्द भएको छ । संसदको राज्य व्यवस्था समितिले कर्मचारी समायोजन विधेयकको छलफलका क्रममा समायोजन भई प्रदेश र स्थानीय तहमा पुगेका कर्मचारीको संघमा सरुवा हुने व्यवस्था नराखी प्रतिवेदन तयार पारेको हो ।

समायोजनमा गएका कर्मचारीको संघमा सरुवा हुने प्रावधान विधेयकमा राख्नुपर्ने भनी संशोधन दर्ता गएका कांग्रेस सांसदहरुले शुक्रबारको छलफलमा यो विषय नउठाएपछि समितिले उक्त प्रावधान नराखी प्रतिवेदन तयार पारेको छ । अब कर्मचारी समायोजन विधेयक राज्य व्यवस्था समितिको प्रतिवेदनसहित प्रतिनिधिसभमा पेश हुनेछ ।

त्यस्तै सघीय संसद सेवामा कार्यरत कर्मचारीको प्रदेशसभा बाहेक अन्यत्र पनि सरुवा खुला भएको छ । यसअघि सरुवा भई प्रदेशसभामा मात्र जान पाउने व्यवस्था भए पनि कर्मचारी समायोजन विधेयकमा अन्य ठाउँमा पनि सरुवा हुने बाटो खुला गरिएको हो ।

अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया