Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पथरी, ३ फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा एक महिलाको शव भेटिएको छ ।
शुक्रबार स्थानीय सालको पात टिप्न गएका स्थानीयले जंगलमा रहेको मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा ३०र३२ बर्षको देखिने शव भेटिएको घट्नास्थलमा रहेका ब्लाष्ट खवरकर्मी दिनेश सुब्बाले जानकारी दिए ।

हाल प्रहरीले शव भएको स्थललाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । शव खोलको एकाकुनामा छोपेर राखेको पाइएको छ । ती महिलाले स्पोर्टसुज लगाएकीछन् । महिलाले बोक्ने झोला पनि साथमा रहेको छ ।

स्थानीयका अनुसार ती युवतीलाई लुटपाट गरि बलात्कार गरेर शव लुकाइएको आसंका गरेका छन् । इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले शव भेटिएको स्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया