Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

जनकपुर, ३ फागुन । धनुषाको मिथिला नगरपालिकामा जलेको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।

मिथिला नगरपालिका–३, हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षीया दुतिया रैसेलीको शव जलेको अवस्थामा फेला परेको हो ।

बुधबार राति गाउँमा बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोलनजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया