Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

दीपक उपाध्याय

धनगढी, ३ फागुन । प्रहरीले कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा दिउँसो १८ किलो सुन बरामद गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति थप सुन बरामद गरेको हो।

दिउँसो सुनसहित पक्राउ परेका लक्ष्मण तिरुवाको घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिए ।

पक्राउ परेका तिरुवा दाजुभाइलाई सोधधपुछ गर्ने क्रममा थप सुन बरामद भएको प्र्रहरीले जनाएको छ।

शुक्लाफाँटा नगरपालिका ११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको हो। बरामद गरिएको सुन जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ।

प्रहरीले भारतबाट तस्करी गरी सुन ल्याइएको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ घर भई भारतमा चालकको काम गर्दै आएका लक्ष्मण तिरुवाले सुन ल्याएर भाइ सुरजलाई दिएका थिए। सुरज नेपाल प्रहरीका जवान हुन्। सुरजले सुन ससुराली घरमा राखेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। सुरज जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments