Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ३ फागुन । काठमाडौं महानगरपालिका, ६ स्थित बौद्ध परिर्वतन मार्गमा पाँच वर्षदेखि थुपारिएको फोहोर उठ्न सकेको छैन् । उक्त मार्गको करिब ४ रोपनी क्षेत्रफलको खाली जग्गामा हिँडडुल गर्ने सर्वसाधारणलाई फोहोर फालेपछि सरोकारवालाले चासो नदिँदा अहिले फाहोर थुप्रिएको हो ।

परिवर्तन मार्गमा बस्दै आएका राजकुमार लामाले फोहोरको दुर्गन्धमा रुमलिएर बस्न बाध्य भएको बताए । ‘म बस्दै आएको करिब पाँच वर्ष भयो,’ उनले भने, ‘यो जग्गामा फालिएको फोहोर अहिलेसम्म उठ्न सकेको छैन । फोहोरको दुर्थन्धले बस्न सकिरहेका छैनौँ । तर, सरोकारवाला निकायले यसलाइ बेवास्ता गरिरहेको छ ।’

बौद्ध विकास समितिले २०७१ असारमा उक्त मार्गको पुर्ननिर्माण गरिएको भनी सोही मार्गमा राखिएको बोर्डमा उल्लेख छ । उक्त मार्ग हुँदै बौद्ध स्तुप र जोरपाटी चोक जान सकिन्छ । यो समाचार नागरिकमा श्याम राईले लेखेका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया