Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

जेबि खड्का
गौरादह, १९ पुस २०८२ । गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं.६ का सभासद दिपक कार्कीले साधारणसभाको उद्घाटन गरेका थिए। उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले गौरादह खानेपानी संस्थाले हाल सम्म नगरपालिका भित्र बसोवास गर्ने नागरिक हरुलाई शुद्ध खानेपानी बितरण गर्न सफल भएको धारणा राखेका थिए।

खानेपानी संस्थाका अध्यक्ष नगेन्द्र कार्कीले संस्थाको प्रगति बिबरण प्रस्तुत गर्दै खानेपानीको आवश्यकतालाई मध्यनजर गर्दै १ थान डिप बोरिङ जडान गरिनुका साथै आ.व. २०८१/०८२मा १ सय ३ वटा धारा जडान थप गरि ८ हजार १ सय ९९ मिटर पाइप लाइन बिस्तार गरिएको जानकारी गराएका थिए । अध्यक्ष कार्कीले आ.ब. २०८२/०८३ मा सहलगानी आयोजना , पाइप लाइन बिस्तार , कार्यलय भवन निर्माण , उपकरण खरिद, बक्यौता महशुल असुल, बिपन्न लक्षित धारा जडान, सिटि सफारी खरिद, प्यानल बोर्डहरुको व्यवस्थापन लगायतका प्रस्ताव पेश गरेका छन। अध्यक्ष कार्कीले गौरादह खानेपानी संस्थामा पदाधिकारी छनौटका लागि बिधान संसोधन गरिएको प्रतिबेदन प्रस्तुत गरेका थिए।

संस्थाका कोषाध्यक्ष बिरेन्द्र बस्नेतले संस्थाले आ.ब. २०८१/०८२ मा ७ करोड ४ लाख ११ हजार १ सय ४६ रुपैयाँको कुल कारोवार गरेको प्रतिबेदन प्रस्तुत गरेका थिए।

संस्थाका लेखा संयोजक किशोर पौडेलले १ करोड ३७ लाख १३ हजार ३ सय आम्दानी र संस्थाले ३७ लाख २४ हजार १९ रुपैयाँ खुद नाफा गरेको प्रतिबेदन प्रस्तुत गरेका थिए।

साधारणसभाका अवसरमा खानेपानी संस्थाका मिटर रिडर कर्मचारी दिल कुमार राईलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।कार्यक्रममा गौरादह नगरपालिका उपमेयर जलबर्षा राजवंशी , संस्थाका पुर्ब अध्यक्ष गोबिन्द बहादुर खड्का र बैगुन्धुरा खानेपानी अध्यक्ष कोषराज गड्तौला लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाकि उपाध्यक्ष सीता कुमारी बुढाथोकीले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका सचिब जगत अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

 

तपाईको प्रतिक्रिया