Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठ्माडौं, १६ पुस २०८२ । विभिन्न माग राख्दै अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएको छ ।

माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।

भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले उनको स्वास्थ्य अवस्था जाँच गरेको थियो । जाँचका क्रममा थप उपचार आवश्यक देखिएपछि भुसाललाई अस्पताल लगिएको संघले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्नेलगायका माग राख्दै भुसाल अनसन बसेका थिए ।

 

तपाईको प्रतिक्रिया