Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

झापा, १४ पुस २०८२ । बिर्तामोड नगरपालिका– ३ कञ्चनजंघा टोलमा दिउँसै लाखौंको धनमाल चोरी भएको छ । हिजो बिर्तामोड-३ कञ्चनजंघा टोल बस्ने सृजना सिवाकोटीको घरमा कोही नभएको मौका पारी घरको छतको ढोकाबाट पसी कोठाभित्र काठको दराजमा राखेको सुनको गरगहना ८ तोला र सामसुम मोबाईल एक थानगरी २२ लाख बराबरको धनमाल चोरी गरेको हो । चोरी गर्ने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो बिहान दमकमा मोबाइल चोरी गरी भाग्दै गर्दा एकजना युवक पक्राउ परेका छन् । बिहान ७ः२० बजे दमक-८ बालुवाटारस्थित शिवनारायण साहको तरुल खेतीमा काम गर्ने मोरङ सुन्दरहरैँचा-११ बस्ने बर्ष ४६ का सञ्जु चौधरीको भिभो कम्पनीको मोवाइल र सोही ठाउँ बस्ने बर्ष ५० का दशरथ चौधरीको सामसुङ कम्पनीको मोबाइल चोरी गरी भाग्दै गर्दा सप्तरी राजविराज-९ बस्ने बर्ष १८ का खुवेत खान पक्राउ परेका हुन् ।

चोरी गरी भाग्ने क्रममा सोही स्थानमा काम गर्ने कामदारहरुले उनलाई मोवाइलसहित फेला पारी प्रहरीलाई बुझाएका थिए ।

तपाईको प्रतिक्रिया