Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौं, १३ पुस २०८२ । जेनजी आन्दोलनमा कारागारबाट फरार भएका मध्ये करिब १० हजार कैदीबन्दीहरू पक्राउ परेका छन् ।

आन्दोलनको क्रममा कारागारमा तोडफोड र आगजनी गरेर फरार भएका १४ हजार ५४० मध्ये ९ हजार ९६० कैदीबन्दीलाई पक्राउ गरेर पुनः कारागारमा ल्याइएको छ ।

अझै पनि ४ हजार ५८० कैदीबन्दीहरू भने कारागार बाहिरै छन् । फरार कैदीबन्दी खोज्न विशेष अपरेशन सुरु गरिएको नेपाल प्रहरीले बताएको छ ।

फरार मध्ये केही विदेशी कैदीबन्दीहरू छन् । धेरैजसो भारतका रहेकाले उनीहरू फरार भएर भारत पुगिसकेको आशंका गरिएको छ । केही कैदीबन्दीहरू भने लुकिछिपी बसेकाले उनीहरूलाई पक्राउ गर्न विशेष अभियान चलाइएको छ ।

फरार कैदीबन्दीहरू विदेश नभाग्नका लागि उनीहरूलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।

 

तपाईको प्रतिक्रिया