Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठ्माडौं, ११ पुस २०८२ । नेपाल पोलियो भाइरसका शंकास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ । नेपालले यस वर्ष ९२०२५० मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) अन्तर्गतका १० मुलुकमध्ये पोलियो भाइरसका शंकास्पद बिरामीको उत्कृष्ट खोजतलास (सर्भेलेन्स) गर्न सफल भएको हो ।

डब्लूएचओ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा गरिएको खोजतलासमा डब्लूएचओ सेरोअन्तर्गत १० देशलाई नेपालले उछिनेको हो । देशभरि नै १५ वर्षमुनि उमेर समूहमा उक्त सर्भेलेन्स गरिएको हो । ती शंकास्पद बिरामीको थाइल्यान्डमा परीक्षण गरिएको हो । परीक्षणका क्रममा भने पोलियो सङ्क्रमण पाइएको छैन ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नेपालले प्रति १ लाखमा ७.१ जना पोलियो भाइरसका शंकास्पद बिरामी भेटाएर उत्कृष्टता हासिल गरेको बताए । उनका अनुसार देशभरि ५७९ जनामा पोलियोका शंकास्पद बिरामी भेटिएका छन् । उनका अनुसार अझै ४० शंकास्पद बिरामीको परीक्षण हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया