Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, २९ असोज २०८२ । आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को तेस्रो खेलमा नेपालका ओपनर कुशल भुर्तेलले ५० रन पूरा गरेका छन् ।

बुधबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट भुर्तेलले ३८ बलमा अर्धशतक पूरा गरेका हुन् । यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो १३औँ अर्धशतक हो । जारी प्रतियोगितामा भने भुर्तेलको यो दोस्रो अर्धशतक हो ।

जारी खेलको १४ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १४ रन बनाएको छ ।

नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेल अगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको छ । नेपालले समग्रमा तेस्रो पटक टी–२० विश्वकपको टिकट काटेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

 

 

तपाईको प्रतिक्रिया