काठमाडौं, १९ भदौ २०८२ । डेंगुका संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित फेला परेका छन् ।
यस्तै पछिल्लो सात दिनमा २६६ जना संक्रमित भएका छन् भने डेंगुका कारण २ जनाको मृत्यु भएको छ । गएको पुसयता ३८ सय ७२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । देशका ७४ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।
इडीसीडीको आँकडाअनुसार पछिल्लो सात दिनमा गण्डकी प्रदेशमा ६०, बागमतीमा ६५, लुम्बिनीमा ६०, कोशीमा २६, कर्णालीमा ३५, सुदूरपश्चिममा १८ र मधेश प्रदेशमा २ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
सात प्रदेशका संक्रमित संख्या हेर्दा गण्डकीमा १४९, बागमतीमा ८११, लुम्बिनीमा ६८६, कोशीमा ६४७, सुदूरपश्चिममा ४४७, कर्णालीमा १५५ र मधेशमा ७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।






