Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

झापा, ११ भदौ २०८२। झापामा बुधबार बेलुका भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा शनिश्चरे वर्षा मापन केन्द्र र आसपास भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाब बढ्न सक्ने हुँदा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

‘पछिल्लो ३ घण्टामा झापा जिल्लास्तिथ शनिश्चरे वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाब बढ्न सक्ने रहेको हुँदा सतर्कता अपनाइराखौँ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया