काठमाडौं, १० जेठ २०८३ । सर्लाहीको वाग्मती नदीमा बेपत्ता भएका पाँचमध्ये दुई युवाको शव फेला परेको छ । तीनजना भने सकुशल भेटिएका छन् ।
रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुंगे पुलमुनिबाट शनिबार दिउँसो उनीहरू बेपत्ता भएका थिए ।
बेपत्तामध्ये सर्लाहीको लालबन्दी –९ का २० वर्षीय गणेश महतो र सोहीका १८ वर्षीय रोहित महतोको शव फेला परेको हो ।
सर्लाहीको वाग्मती नगरपालिका–११ स्थित पुलनजिकै आइतबार उनीहरूको शव फेला परेको हो । नदी तर्ने क्रममा उनीहरू बेपत्ता भएका थिए ।






