Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

झापा, ४ भदौ २०८२ । झापाको बिर्तामोडमा पार्किङ गरी राखेको ट्रकमा अचानक तार सर्ट भई आगलागी भएको छ । आज दिउँसो अन्दाजी ४:३० बजेको समयमा बिर्तामोड नगरपालिका-५ सुगम पेट्रोल पम्प नजिकै पार्किङ गरी राखेको ना. ४ ख ४१८१ न. को ट्रकमा अचानक तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त घट्ना बारे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुना साथ तत्काल उक्त स्थानमा टोलि खटि गई प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा मोटरको पानिको प्रयोग गरी आगो ५ बजे सम्ममा पुर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट ट्रकको कागजपत्र सहित अगाडी पट्टी भित्रको क्याबिनको भागमा (चालक र सहचालक बस्ने) र ईन्जिनको भाग समेत आंशिक रुपमा जलि अन्दाजी ५ लाख बराबरको क्षति भएको जनाइएको छ । ट्रक तत्काल घट्नास्थलमै रहेको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया