Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं, ३ साउन २०८२ । डेंगीबाट देशमा पछिल्लो एक महिनामा दुईजनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार काठमाडौं र बुटवलमा उपचारका क्रममा दुई डेंगी संक्रमितको मृत्यु भएको हो ।

गएको जनवरीयता देशमा डेंगी संक्रमितको संख्या तीन हजार २५ पुगेको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा ८८८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

त्यसपछि वाग्मतीमा ६३६, कोसीमा ५३२, लुम्बिनीमा ७७, सुदूरपश्चिम प्रदेशमा ३५५ जनजामा डेंगी संक्रमण पुष्टि भएको छ । कर्णालीमा ८४ र मधेस प्रदेशमा ५३ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

डेंगीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोरोनाबाट तीनजनाको मृत्यु
जनवरीयता कोभिड–१९ का कारण तीनजनाले ज्यान गुमाएका छन् । हाल मुलुकभर कोरोना संक्रमितको संख्या ४४८ छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३०३ जनामा कोरोना १९ संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया