Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं, २ भदौ २०८२ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरूसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर-१ बेलहिया बसपार्कस्थित काम गर्ने भारत घर भएका २५ वर्षीय अभिषेक यादव रहेका छन् । उनलाई प्रहरीले रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट नक्कली ट्रान्स्क्रिप्ट १०० वटा, सर्टिफिकेट ३६ वटा, नम्बर स्टाम्प ३ वटा, प्याड स्ट्याम्प ५ वटा, त्रिभुवन विश्वविद्यालय २०१२ लेखेको होलोग्राम २१ बण्डल ९४०४० पिस०, उच्च माध्यमिक शिक्षा परिषद्‌‌ (एजएसईबी) लेखेको होलोग्राम १९ प्याकेट (२००० पिस), राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) लेखेको होलोग्राम १७ प्याकेट (१६०० पिस), सिटीईभिटी लेखेको होलोग्राम १९ प्याकेट (१९०० पिस ) बरामद गरेको छ ।

यसका साथै उत्तर प्रदेशमा रहेको अमिति युनिभर्सिटीको मार्कसिट ८० वटा, प्रोभिजनल सर्टिफिकेट ४० वटा, क्यारेक्टर सिर्टिफिकेट ६० वटा, ब्ल्यांक सर्टिफिकेट ४९ वटा र ब्ल्यांक लोगो ४० वटा प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप कारबाही तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया