Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, २ भदौ २०८२ । हाम्रो शरीरले घामबाट भिटामिन डी पाउँछ। तर आजकल मानिसहरू यसको कमी पूरा गर्न भिटामिन डी सप्लिमेन्ट लिन्छन्।

भिटामिन डी हड्डी बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र समग्र स्वास्थ्यका लागि आवश्यक छ। २०२४ मा बेलायतमा एक ८९ वर्षीय पुरुषको मृत्यु भयो। डाक्टरहरूले यसको कारण अत्यधिक भिटामिन डी सेवन गर्नु भएको बताए। उनीहरूले ती व्यक्तिले भिटामिन डीको ओभरडोज लिएको बताए। यसका कारण उनको मुटु र मिर्गौला फेल भयो।

कति भिटामिन डी उपभोग गर्नुपर्छ ?

स्वास्थ्य विज्ञहरूले १९ देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरूले दैनिक १५ माइक्रोग्राम (एमसीजी) भिटामिन डी लिनुपर्छ। यस्तै ७० वर्षभन्दा माथिका व्यक्तिहरूले २० (एमसीजी) लिनुपर्छ। एक वयस्कले हरेक दिन अधिकतम १०० एमसीजी लिन सक्छ। दैनिक योभन्दा बढी लिइयो भने विष जस्तै हुने विज्ञहरूको भनाइ छ। यस्तै क्लीभल्याण्ड क्लिनिकका अनुसार १०० एमसीजी मात्र पनि केही मानिसका लागि खतरनाक हुनसक्छ।

भिटामिन डीको मात्रा बढी भए के हुन्छ ?
भिटामिन डीको विषाक्तता भनेको शरीरमा यसको मात्रा बढी हुँदा रगतमा क्याल्सियमको स्तर बढ्छ। यसका प्रारम्भिक लक्षणमा बान्ता, वाकवाकी, कब्जियत, पेट दुख्ने र भोक नलाग्ने छन्। यो बढी गम्भीर हुनुका साथै व्यक्तिलाई बेहोस, मिर्गौला समस्या, हड्डी दुख्ने, मांसपेशी कमजोरी र मुटुको धड्कन सम्बन्धी समस्या निम्त्याउन सक्छ।

कसलाई बढी असर गर्छ ?
भिटामिन डीको अत्यधिक मात्राले सुरुमा मिर्गौलालाई असर गर्छ। विज्ञहरुका अनुसार यसले मिर्गौलामा पत्थरी, क्याल्सियम जम्मा हुने र अचानक मिर्गौला फेल हुन सक्ने बताए। यसपछि मुटु सबैभन्दा बढी प्रभावित हुनुका साथै हृदयघात पनि हुन सक्ने विज्ञहरूको भनाइ छ।

भिटामिन डी स्वास्थ्यका लागि आवश्यक छ। तर यसलाई सधैँ सही मात्रामा राख्न डाक्टरको सल्लाह अनुसार लिनुपर्छ। यसको कमीको जोखिममा रहेका व्यक्तिले नियमित रक्त परीक्षण गराउनुपर्छ।

 

तपाईको प्रतिक्रिया