Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

इलाम, १ भदौ २०८२ । टायल्सको काम गर्दै गर्दा करेन्ट लागेर इलाममा एकजनाको मृत्यु भएको छ । हिजो साँझ ७३० बजे इलाम माई नगरपालिका –२ माझबारी बस्ने खेमराज लिम्बूको निर्माणाधीन घरमा टायल्सको काम गर्ने क्रममा भारत किसनगञ्ज सरिभिट्टा बस्ने नुर अहमदका छोरा २२ वर्षीय अफ्सर आलमलाई अचानक करेन्ट लागेको थियो । घाइते भई अचेत अवस्थामा उनलाई स्थानीय माई नगर अस्पतालमा लगिएको थियो । उपचारका क्रममा राति ८ः२८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको छ । मृतकको आफन्तलाई जानकारी गराइएको र साइटको ठेकेदार इलाम माई-२ बस्ने ४४ वर्षीय सुकबहादुर राई प्रहरीको सम्पर्कमा रहेको डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया