Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठमाडौं, ३० साउन २०८२ । बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएका हुन् ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको छ ।

देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् ९बाढी, पहिरो० को अवस्था सिर्जना हुन सक्ने भएकोले थप १५ दिन रातिको समयमा सवारीसाधन चलाउन रोक्ने निर्णय भएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया