Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, २७ साउन २०८२ । भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टि भएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले बेपत्ता हुनेहरूको नामावली सार्वजनिक गर्दै साउन २० र २१ गतेको बाढी पहिरोमा परी २६ जना बेपत्ता भएको जानकारी दिएको छ। जसमा उत्तरकाशीमा २१ जना र पौडी गढवालमा पाँच जना रहेको दूतावासको भनाइ छ।

उत्तरकाशीमा जनकबहादुर शाही, रवि सिंह (२४ वर्ष), करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह (१८ वर्ष) र रामबहादुर हराइरहेका छन्।

त्यस्तै पौडी गढवालमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल विक हराइरहेका दूतावासले जनाएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया