Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

झापा, २२ साउन २०८२ । झापामा मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुई जना ठुलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा गएराति ११ बजेको समयमा कमल गाउँपालिका–६ काटाचोक निवासी विष्णु प्रसाद बगालेको घरमा तलासी गर्दा प्रतिबन्धित ठुलो मात्रा प्रतिबन्धित औषधि फेला परेको थियो ।

उक्त घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३००० , डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २११० र स्पास्पेन २०५० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । औषधिसहित पक्राउ परेका घरधनी विष्णुप्रसाद बगाले र दमक नगरपालिका–६ थानारोडका गंगा बहादुर खड्कालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । खड्का दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक हुन् ।

 

तपाईको प्रतिक्रिया