Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

सुनसरी, १९ साउन २०८२ । वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार (साउन १८) साँझ कोसी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख (१ हजार २१) क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

सोमबार (साउन १९) बिहान गरिएको मापनमा कोसी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । हाल ५२ मूल र चार नहरका गरेर ५६ ढोकामध्ये २३ खुला गरिएको उनले जानकारी दिए ।

कोसी ब्यारेज भएर एक लाख ५० हजार क्युसेक प्रतिसेकेन्डभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । रासस

 

तपाईको प्रतिक्रिया