Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

हेटौंडा, १७ साउन २०८२ । मकवानपुरमा श्रीमानले शारीरिक रूपमा अशक्त श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् ।

मकवानपुरगढी गाउँपालिका-५ बुङ्दलस्थित ससुराली घरमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तीले घरमा सुतिरहेकी श्रीमतीको घाँटी थिचेर हत्या गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

मानबहादुरले श्रीमती ४० वर्षीय दुर्गा लक्ष्मी शिवभक्तीलाई आज शनिबार बिहान ४ बजेको समयमा हत्या गरेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मृतक दुर्गा लक्ष्मी प्यारालाइसिसको बिरामी रहेकाले ओछ्यानमा थलिएकी थिइन् । आरोपित मानबहादुर बिहान साढे ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी गराएको डीएसपी अर्यालले बताए ।

उनलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र अस्थायी प्रहरी पोष्ट धादिङका इञ्चार्ज राजेश कुर्मी नेतृत्वको टोलीले घटनास्थल सुरक्षित राखेको थियो ।

घटनास्थलमा मृतक दुर्गा लक्ष्मीको शव ओछ्यानमा उत्तानो अवस्थामा फेला परेको अर्यालले बताए । घटना हुँदा घरमा कोही पनि नरहेको प्रहरीले जनाएको छ ।

डीएसपी अर्यालका अनुसार आरोपित मानबहादुरले श्रीमती प्यारालाइसिसको बिरामी रहेको र हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकोले आफू तनावमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् ।

हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गर्न खोजेको उनको भनाइ छ । मानबहादुरको घाँटीमा डोरीको डाम रहेको डिएसपी अर्यालले बताए ।

ञआत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछी आफू प्रहरी सम्पर्कमा आएको भनी बयान दिएको हुँदा घटनाबारे थप अनुसन्धान भइरहेको छझ, अर्यालले भने । आरोपति मानबहादुरको दुईवटा श्रीमती हुन् ।

मृतक दुर्गा लक्ष्मी जेठी श्रीमती हुन् भने कान्छी श्रीमती विगतदेखि नै माइतमा बस्दै आएको प्रहरीले जनाएको छ ।

मृतक दुर्गा लक्ष्मीतर्फ दुई जना छोरा र कान्छी श्रीमतीतर्फ एक छोरा र एक छोरी रहेको डीसपी अर्यालले बताए ।

अन्दाजी २२ वर्षका जेठा छोरा ९जेठी श्रीमतीतर्फका० यसअघि रूखमा चढ्दा लडेर अशक्त भएसँगै ह्वीलचियरको सहारामा हिँडडुल गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया