Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

पाँचथर, १६ साउन २०८२ । आफ्नै श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको आरोपमा फालेलुङ गाउँपालिका-७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

फिदिम नगरपालिका-१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो।

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले महेन्द्रलाई फिदिम नगरपालिका-६ गोलेगाउँबाट पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया