झापा, ७ साउन २०८२ । झापामा १७ सय भन्दा बढीलाई डेंगु संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालका अनुसार बैशाख १ गतेदेखि साउन ५ गतेसम्म जिल्लामा डेंगु संक्रमितहरुको संख्या १ हजार ७ सय ९८ पुगेको हो ।
त्यसमध्ये जिल्लामा सबैभन्दा बढी बिर्तामोडमा डेंगुका विरामी देखिएका छन् । त्यसमा बिर्तामोडमा सबैभन्दा बढी ९३२ , दमकमा ५३६ र बुद्धशान्तिमा २३२ जना रहेका छन् ।
साउन ५ गते एकैदिन ३ जनामा डेंगु पुष्टि भएको थियो । यस वर्ष झापामा डेंगु संक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ ।







