काठमाडौं, १ साउन २०८२ । इलाममा हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–१, सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पा छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
शर्मामाथि माईजोगमाई गाउँपालिका–२, तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईंको हत्या गरेको आरोप छ ।
सूर्योदय नगरपालिका–१, भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईं र उनका भाइ प्रकाशलाई किरणले धारिलो हतियार प्रहार गरेका थिए । प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै, घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।






