Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

काठमाडौं, ३२ असार २०८२ । विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् ।

ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा यूएई सरकारले एक सय २० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ गरेको जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया