काठमाडौं, ७ असोज २०८३ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालिकोटका तत्कालीन कार्यालय प्रमुख नेत्रबहादुर शाहीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सरकारी तथा सार्वजनिक प्रकृतिको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा तत्कालीन कार्यालय प्रमुख शाही,कम्प्यु अपरेटर विरेन्द्रबहादुर शाही,नायब सु्ब्बा मुकुन्द बस्नेत,कार्यालय सहयोगी ९करार०भक्त बहादुर शाहीविरुद्ध मुद्दा दायर भएको हो। तत्कालीन कार्यालय प्रमुख नेत्र,कम्प्युटर अपरेटर विरेन्द्र र नायब सुब्बा मुकुन्दविरुद्ध १ करोड ७६ लाख हजार ८६ हजार ८०० रुपैयाँ विगो माग गरिएको छ। कार्यालय सहयोगी बस्नेतमाथि ७५ लाख ९२ हजार ४०० रुपैयाँ विगो माग गरेको छ।
यस्तै तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिरबहादुर बम,सोही समितिका विज्ञ सदस्य रमेश नेपाली,सदस्य राजेन्द्र बहादुर थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। उनीहरूविरुद्ध १ करोड ७६ लाख ८६ हजार ८ सय रुपैयाँ विगो र सजायको माग गरिएको छ।
आयोगले कित्ता नम्बर १७७२ को जग्गा प्राप्त गर्ने अंखपुरा शाही,कित्ता नम्बर ५७२ को जग्गा प्राप्त गर्ने प्रदिपे दमाइ,कित्ता नम्बर ९२१ को जग्गा प्राप्त गर्ने दिप बहादुर शाही र कित्ता नम्बर ९२१ को जग्गा खरिद गर्ने नरेन्द्र बहादुर थापालाई पनि विपक्षी बनाइ बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
कित्ता नम्बर १७७२ को जग्गा प्राप्त गर्ने शाहीलाई ४३ लाख ८८ हजार ४००,कित्ता नम्बर ५७२ को जग्गा प्राप्त गर्ने दमाइलाई ५७ लाख ६ हजार ,कित्ता नम्बर ९२१ को जग्गा प्राप्त गर्ने दिपबहादुरलाई ७५ लाख ९२ हजार ४०० विगो माग गरेको आरोप पत्रमा उल्लेख छ।
सरकारी प्रकृतिको जग्गा एक आपसी मिलेमतोमा आफूहरूलाई गैरकानुनी लाभ र सरकारलाई हानीनोक्सानी पुर्याउने बदनियतले व्यक्तिको नाममा सिफारिस गरेको उनीहरूमाथि आरोप छ।






