Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

बैतडी, ३२ असार २०८२ । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।

यही जुलाई २४ र २८ ९आगामी साउन ८ र १२ गते० भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

उनका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ ९आगामी साउन ५ गते० बेलुकादेखि जुलाई २४ ९साउन ८ गते० बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए । उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । रासस

 

तपाईको प्रतिक्रिया