Online Bichar
शुक्रबार, मंसिर २०, २०८२ | Friday, December 5, 2025

काठमाडौं, ३० असार २०८२ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा अडिएको छ।

आज ३२१ स्क्रिप्सको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन माइखोला हाइड्रो र हिमालय हाइड्रोका लगानीकर्ताले कमाए भने सामुदायिक लघुवित्त र धौलागिरी लघुवित्तका लगानीकर्ताले गुमाए। ४० करोड ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार गरी एनआरएन इन्फ्राइन्स्ट्रकचर शीर्ष स्थानमा रह्यो।

नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो कारोबार दिनमै नेप्से सूचकमा गिरावट आएको हो। नीति सार्वजनिक भएपछिको पहिलो दिन नेप्से परिसूचक बढेको भए तापनि यसले निरन्तरता पाउन सकेन।

 

तपाईको प्रतिक्रिया