Online Bichar
शुक्रबार, मंसिर २०, २०८२ | Friday, December 5, 2025

जेबी खड्का
गौरादह, ३० असार २०८२ । झापाको गौरादह नगरपालिका वडा नं.२ दहलुमा आगलागी हुदा पशुचौपाय सहित ग्वालीघर जलेर नष्ट भएको छ। गौरादह-२ का टंक प्रसाद पौडेलको आइतबार राति करिब ११ बजेतिर ग्वालीमा आगलागी भएको थियो।

विद्युत सट भई आगलागी भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन। राति ११ बजेतिर हावाहुरी आएको समयमा छिमेकीको बाँसघारीमा हावाहुरीका कारण बाँसले विद्युत लाईनमा लाग्दा आगो उठेर आगलागी भएको स्थानीय बासिन्दाको भनाइ छ। ग्वालीमा आगलागी हुँदा एक लैनो गाई र ३ वटा खसी मरेका छन, भने एक गाई ,एक बाच्छा र एक बाख्रा घाइते भएका छन। सालका काठबाट निर्मित टिन छानो लगाएको ग्वालीका साथ भित्र राखिएका सामान सबै जलेर नष्ट भएको छ।

आगलागीबाट ६ लाख ५० हजार भन्दा बढी क्षती भएको प्रहरीले अनुमान गरेको छ। ग्वाली घर धनी टंक प्रसाद पौडेलका अनुसार ग्वाली नजिक ढोडहरु राखिएको र त्यसको छेउमा परालको माच समेत रहेकाले विद्युत सटका कारण निस्किएको आगोले ढोड तथा माचबाट ग्वालीमा आगो आएको जनाएका छन। राति हावाहुरी आएको समयमा घरभित्र रहेका कारण आगलागी सुरुहुँदा आफुहरुले थाहा नपाएको टंककी आमा राधिका पौडेलले बताएकी छन। सुरुवाती समयमा थाहा नपाएपनि आगो लागेको झ्यालबाट देखेपछि बाहिर निस्किएर छिमेकीहरुका साथै सबैतिर जानकारी गराएको टंक पौडेलले बताएका छन।

विद्युत प्राधिकरण गौरादहका अनुसार घटनाको अनुसन्धानपछि मात्र थाहा हुने बताएका छन। ग्वालीमा आगलागीका कारण क्षेती भएको छ विद्युत वा अरुकुनै कारणबाट आगलागी भएको हो त्यसको अनुसन्धानपछि थाहाहुने विद्युत प्राधिकरण गौरादहका प्रमुख सागर पोख्रेलले बताएका छन। गौरादह नगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र गौरादह प्रहरीको सक्रियतामा आगो निभाइएको पौडेलले बताएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया