Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठ्माडौं, २९ असार २०८२ । स्वास्थ्य बीमा बोर्डले देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।

साउन १ गतेदेखि लागु हुनेगरी देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेका रुपमा तोकेको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८२/८३ को सुरुवात सँगै साउन १ गतेदेखि लागु हुनेगरी स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा काम गर्ने अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी व्यवस्था मिलाएको बोर्डका जनस्वास्थ्य अधिकृत मल्लले जानकारी दिनुभयो ।

मल्लकाअनुसार यो निर्णयसँगै बीमितले आफु नजिकको प्रथम सेवा विन्दुमा गई उपचारको सुरुवाती सुविधा लिन सक्ने भएका छन् ।

यसअघि बीमितले प्रथम सेवा विन्दुको रुपमा छानेको स्वास्थ्य संस्थाबाट सेवा लिएर मात्रै थप उपचारका लागि अन्य अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्य थिए । स्वास्थ्य बीमा बोर्डले तोकेका प्रथम सेवा विन्दुलाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आवश्यक विवरण पठाउन आग्रह गरेको छ ।

स्थानीय तहबाट प्राप्त हुने प्रथम सेवा विन्दुको माग र प्रस्तावित प्रथम सेवा विन्दुको न्यूतम अपुग मापदण्ड एक महिना भित्रमा पुरा गर्ने पतिवद्धताका आधारमा बोर्डले नयाँ प्रथम सेवा विन्दु थप गर्ने जनाएको छ ।

बोर्डले कोशी प्रदेशमा भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखरलढुंगा, पाँचथर, सङखुवासभा, सोलुखुम्बु, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, बारा, धनुषा, महोत्तरी गरी १७ वटा जिल्लाबाट १०८ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया