Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठ्माडौं, २८ असार २०८२ । नुवाकोट जिल्लास्थित त्रिशूली नदीमा पानीको सतह सतर्कता तहको आसपास पुगेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बेत्रावती जलमापन केन्द्रमा राति ९ः५० बजे गरिएको मापन अनुसार नदीको सतह बढ्दो क्रममा छ।

विभागले नदी आसपासका क्षेत्र, विशेष गरी डुबान हुने होचा भूभागमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। त्रिशूली नदीमा पानीको सतह अझै बढ्न सक्ने सम्भावना रहेकाले जोखिममा पर्न सक्ने क्षेत्रका नागरिकलाई सतर्क रहन र आवश्यक पूर्व तयारी गर्न समेत विभागले सुझाव दिएको छ।

 

तपाईको प्रतिक्रिया