Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठ्माडौं, २५ असार २०८२ । जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा बुधबार जारी सूचनामा जिल्लाको सुनकोसी र सप्तकोसी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ । यस्तो अवस्थामा अति आवश्यक नपरी हिँडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मूल सडक, सहायक सडक मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।

‘वर्षातको मौसम भएकोले कुनै पनि बेला ठूलो पानी पर्न सक्ने, भू–क्षय तथा खोला, खहरे र नदीहरुमा जल सतह बढ्न सक्ने, तिब्बत मुहान भएका सप्तकोशी नदीका सहायक नदीहरूमा बाढी आउन सक्ने जसका कारण विपद्‌को अवस्था सिर्जना हुनसक्ने प्रबल सम्भावना रहेकोले अति आवश्यक नपरी हिँडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मूल सडक र सहायक मार्गहरूमा सवारीसाधन चलाउँदा सावधानी अपनाउनु हुन यस जिल्लाको सुनकोसी नदी र सप्तकोसी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिन्छ,’ प्रशासनको सूचनामा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया